मुख्यमन्त्री फेर्नेबाहेक यो सरकारको केहि गर्न सकेन- प्रदीप ज्ञवाली
प्रकाशित मिति
२०७८ कार्तिक २५ गते, बिहीबार १०:५५

फाइल तस्बिर
२५ कार्तिक, २०७८ चितवन : नेकपा एमालेका सचिव प्रदीप ज्ञावलीले वर्तमान सरकारले प्रदेशका मुख्यमन्त्री परिवर्तन बाहेकका अन्य काम गर्न नसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्ररमादेशबाट बनेको सरकारले ६–६ महिनामा मुख्यमन्त्री परिवर्तन बाहेक जनहितका काम गर्न नसकेको आरोप लगाए ।
सरकारको काम टिप्पणी गर्न लायक नै नभएको जिकिर गरे । उनले एमालेको १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने बताए । अध्यक्षलगायतका अधिकांश पदहरुमा सर्वसम्मत हुने उनको दावी छ ।
महाधिवेशनको मिति नजिकिएसँगै आज महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, शेरबहादुर तामाङ लगायतका नेताहरु चितवन आउँदैछन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिर १०(१२ मा चितवनमा हुँदैछ ।
प्रतिकृया