• १८ असोज २०८३, आइतबार
  • १२ः१२ दिउँसो

पद्म श्री सम्मान थापेपछि कंगना भन्छिन् – ‘राष्ट्र विरोधिको विरुद्ध बोलेर प्राप्त गरेकी हुँ’

प्रकाशित मिति

२०७८ कार्तिक २३ गते, मंगलवार ०९:५६

२३  कार्तिक, २०७८ काठमाडौँ : अभिनेत्री कंगना रनौत भारतको प्रतिष्ठत सम्मान ‘पद्म श्री’ ले सम्मानित भएकी छन्। सोमबार भएको उक्त समारोहमा उनी राष्ट्रपति भवन, दिल्लीमा सम्मान ग्रहण गर्न पुगेकी थिइन् । सम्मान ग्रहण गरिसकेपछि उनले इन्स्टाग्राममा एउटा भिडियो सन्देश जारी गरेकी छन्। जहाँ उनले पद्म श्री सम्मान अभिनय क्षेत्रमा पुर्‍याएको योगदानले नभई भारत विरोधि शक्तिहरुको विरुद्धमा बोलेको कारणले प्राप्त गरेको सन्देश जाने गरी बोलेकी छन् ।

National Life

‘एक कलाकारको नाताले मलाई धेरै माया, सम्मान, कृतज्ञता र धेरै अवार्डहरु मिलेको छ। तर जीवनमा पहिलोपल्ट मलाई एक आदर्श नागरिक भएको नाताले पद्म श्री सम्मान मिलेको छ। देशबाट प्राप्त भएको यो सम्मानप्रति म आभारी छु।’


भिडियोमा उनले अगाडि भनिन्, ‘जब मैले सानो उमेरमा आफ्नो करियर सुरु गरेँ, ८-१० वर्षसम्म मलाई सफलता मिलेन। तर जब मलाई सफलता मिल्न थाल्यो मैले उक्त चिजको मजा नलिएर अरु विषय, मुद्दामा काम गरेँ। मैले धेरै प्रकारको फेयरनेस क्रिम, प्रडक्टमा काम गर्न चाहिन। आइटम नम्बरमा काम गर्न बहिष्कार गरे। ठूला अभिनेता र उनको प्रडक्शन हाउसमा काम गर्न बहिष्कार गरे। पैसा भन्दा धेरै दुष्मन कमाए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले काम गर्ने शिलशिलामा देशप्रतिको जागरुकतालाई साथ साथ लगेको पनि बताएकी छन्। ‘देशलाई तोड्ने शक्तिहरु चाहे ती जिहादी हुन्, चाहे खालिस्तानी, अथवा दुस्मन देशहरु हुन्। मैले तीनिहरुको विरोधमा आवाज उठाए। त्यसबापत कति धेरै मुद्दाहरु म विरुद्ध अदालतमा छन्।’


भारतमा केन्द्र सरकारले ल्याएको तीनवटा कृषि सम्बन्धि कानुनलाई लिएर झण्डै एक वर्षदेखि सरकार विरुद्ध आन्दोलन भईरहेको छ।कंगनाले भाजपा सरकारको समर्थनमा उभिएर किसानहरुको आन्दोलनको विरोध गरेकी छन्। यो भिडियोमा उनले किसानलाई ‘खालिस्तानी’ को उपमा दिएकी छन्।


भिडियोमा उनले अगाडि भनेकी छन्, ‘अक्सर मानिसहरु मलाई सोध्ने गर्छन्, किन गरिरहेकी छौँ यो रु तिमिले के पाउँछौँ रु तिम्रो यो काम हैन। पद्म श्रीको जुन सम्मान मलाई प्राप्त भएको छ, त्यो नै उनीहरुको जवाफ हो। यसले धेरै मानिसहरुको मुख बन्द गर्नेछ। म यो देशलाई धन्यवाद भन्न चाहन्छु।’

प्रतिकृया