• २१ असोज २०८३, बुधबार
  • ५ः३० बिहान

२४ घण्टामा ५१३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार ०५:१२

६ कार्तिक २०७८ काठमाडौँ :पछिल्लो २४ घण्टामा देशभर ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ९३१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५१३ जनामा संक्रमण पुष्टि भएको हो।

National Life

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ९७२ जनाको पिअिसार परीक्षण गर्दा ४३८ र १ हजार ९५९ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो।


आज देशभर ८१७ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

देशभर १० हजार ५५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २२२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६३ हजार ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

प्रतिकृया