५४५ संक्रमित थपिँदा ७२६ कोरोनामुक्त, कति जनाको मृत्यु ?
प्रकाशित मिति
२०७८ कार्तिक ४ गते, बिहीबार ०४:३४
४ कार्तिक, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ४७० र एन्टिजेन परीक्षणबाट ७५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ६ हजार ५८६ नमुनाको पीसीआर परीक्षण र १ हजार ९६३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ८ हजार ५४९ गरिएको छ ।
७२६ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ११ हजार ३१५ छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ७ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ७७१ पुगेको छ ।
हालसम्म ७ लाख ८८ हजार ८८१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३२६ पुगेको छ ।








प्रतिकृया