• २० असोज २०८३, मंगलबार
  • ११ः३३ राती

बलात्कार मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार ०३:५५

४ कार्तिक, २०७८ काठमाडौँ : जबरजस्ती करणी मुद्दामा जेल सजायको फैसला सुनाइएका दाङका एक फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा कैद सजाय सुनाइएका घोराही–१० नारायणपुरका ३४ वर्षीय धनबहादुर वली पक्राउ परेका हुन् ।

National Life

दाङ जिल्ला अदालतले एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वलीलाई २०६० साल कात्तिक २ गते ७ वर्ष ११ महिना ८ दिन कैद सजायको फैसला सुनाएको थियो । दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार हालसम्म फरार रहेका उनलाई उनकै घर छेउबाट कात्तिक २ गते पक्राउ गरि ४ गते अदालतमा पेश गरिएको छ ।

प्रतिकृया