• २१ असोज २०८३, बुधबार
  • ६ः२४ बिहान

सिरियाली सैनिक बसमा बम प्रहार, १३ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार ०२:०६

३ कार्तिक, २०७८ काठमाडौँ :  सिरियाको दमास्कसमा सैनिक बसमा बम आक्रमण हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ। सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार मध्य दमास्कसमा सैनिक बसमा दुईवटा विस्फोटक पदार्थ पड्किएको हो।

National Life

बुधबार बिहानै जिसर अल–राइज पार हुँदै गर्दा बसमा बम आक्रमण भएको समाचार संस्था सनाले जनाएको छ। एक दशकअघि सिरियामा गृहयुद्धको अवस्था रहे पनि राजधानीमा यस्तो खालको आक्रमण दुर्लभ मानिन्छ।


विस्फोटपछि सेनाले प्रहार गरेको गोली लागेर कम्तीमा ८ जनाको ज्यान गएको पनि जनाइएको छ। इडलिब प्रान्तको अरिह सहरमा भएको विस्फोटमा मारिनेमा अधिकांश स्कूले विद्यार्थी रहेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया