• ०९:१० २०८१ बैशाख ७ गते
  • 9:10 am

आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश घोषणा

प्रकाशित मिति

२०७८ कार्तिक १ गते, सोमबार ०५:५८

ICFC

१, कार्तिक २०७८ काठमाडौँ :  दशैँ सकिए लगतै हिजो आइतबार खुलेको सेयर मार्केट १७.५९ अंक बढेर २६५६.९६ विन्दुमा बन्द भयो । लगानीकर्ता विस्तारै दशैँ सकाएर काममा फर्किने तयारीमा छन् । नेप्सेमा दशैँ पछिको पहिलो दिनको कारोबार निकै न्यून छ । यद्दपी पछिल्लो समय कम्पनिहरुले गरिरहेको बोनस सेयर र लाभांश घोषणाले लगानीकर्ता उत्साहित हुन् सक्नेछन् ।


यसैबीच आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले आर्थिक बर्ष २०७७ र ७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।


हाल कायम रहेको चुक्ता पूँजी रु. १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० को १० प्रतिशत अर्थात रु। १० करोड २४ लाख २६ हजार ५८० बराबरको बोनस सेयर तथा ४ प्रतिशत अर्थात रु। ४ करोड ९ लाख ७० हजार ६३२ बराबरको नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर प्रायोजनका लागि समेत) वितरण गर्ने निर्णय कम्पनीको गत २०७८ असोज २५ गते अपरान्ह ३:०० बजे बसेको संचालक समितिको २८७ औं बैठकले आ. व. २०७७ र ७८ को वितरण योग्य मुनाफाका आधारमा गरेको हो ।


संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ ।

प्रतिकृया