• १९ असोज २०८३, सोमबार
  • ८ः२७ राती

लोकतन्त्रको माला जपेर लुटतन्त्र मच्चाउन पाइँदैन : ओली

प्रकाशित मिति

२०७८ आश्विन २८ गते, बिहीबार ०६:०४

२८ असोज, २०७८ काठमाडौँ : झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको माला जपेर लुटतन्त्र मच्चाउन नपाइने बताएका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारप्रति लक्षित गर्दै एमाले अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्। झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको माला जपेर लुटतन्त्र मच्चाउन नपाइने बताएका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारप्रति लक्षित गर्दै एमाले अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्।

National Life

दसैंलगायतका चाडपर्वको अवसरमा बिहीबार आफैले झापाको बिर्तामोडमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतान्त्रिक विधि र प्रक्रिया विपरीत सरकार सञ्चालन भएको दाबी गरे ।


लेनदेन र भागवण्डाका आधारमा सरकार सञ्चालन भएको बताउँदै एमाले अध्यक्ष ओलीले भने, ‘वर्तमान सरकार बार्टर सिस्टममा चलेको छ ।’ लोकतान्त्रिक प्रणालीका शक्ति र निकायहरु आफ्नै स्थान, मर्यादा र सीमामा बस्नुपर्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिपक्षी दल, गरीब, भूमिहीन तथा सुकुम्बासीमाथि सरकारले दमन जारी राखे विद्रोह जन्मने चेतावनी दिँदै एमाले अध्यक्ष ओलीले अब कसैले पनि अन्याय नसहने भएकाले यसमा सत्तारुढ दल सजग र सचेत हुनुपर्ने औँल्याए ।

प्रतिकृया