• 1:00 pm

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

प्रकाशित मिति

२०७८ आश्विन २८ गते, बिहीबार ०८:२५

२८ असोज, २०७८ काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिएका छन् । बधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।


बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन् । उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन् ।

प्रतिकृया