• १४:०४ २०८० चैत्र १६ गते
  • 2:04 pm

आज २०७८ असोज २८ गते बिहीबारको राशिफल

प्रकाशित मिति

२०७८ आश्विन २८ गते, बिहीबार ०६:००

Rasifal Dec 25 e1610151495864

आज २०७८ असोज २८ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ


मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

लगनशीलताले कामहरू अगाडि बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला । अतिथीको सेवा होला ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

न्यायीक क्षेत्रमा सफलता मिल्ला । वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज धर्म,कर्ममा रुची बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । विपरित लिंगीप्रति आकर्षण बढ्नेछ ।

प्रतिकृया