• 6:35 pm

एनआईसी एसियाको डिजिटल दसैँ योजना सार्वजनिक

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार १०:५१

२५ असोज, २०७८ काठमाडौँ : एनआईसी एसिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहित गर्न चाडपर्वका अवसरमा ‘डिजिटल दसैँ’ योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहक महानुभावहरूलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गरिने बैंकले जनाएको छ।


ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारलाई महत्व दिएको बताएको हो। जसअनुसार विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरिएको छ।


बैंकले असोज २१ देखि कात्तिक २१ गतेसम्म बैंकको भिसा कार्डमार्फत पीओएस कारोबार गर्ने ग्राहकहरूलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ। जसअनुसार पहिलोपटक पीओएस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम रू। ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम रू. १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म क्यासब्याज अफर रहेको छ।


बैंकको नगद कारोबारबाट ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई असोज २१ देखि कात्तिक ३० गतेसम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहकहरूमध्ये एकएक जनाले पाल्सोनिकको तर्फबाट ३२ इन्च टिभी, सीजीको तर्फबाट माइक्रोवेभ ओभन, त्रिवेणी ग्रुपको तर्फबाट यासुदा ओभन प्राप्त गर्नेछन्। त्यस्तै गाइया होलिडे होम धुलिखेलको तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज र हाङकुक सराङको तर्फबाट एक जोडीलाई डिनर प्याकेजको व्यवस्था रहेको छ।


साथी मार्टको तर्फबाट १० जना भाग्यशाली विजेतालाई रू.१,००० को शपिङ्ग भौचर, अर्किड ग्रुपको तर्फबाट बैंकका कार्डहरू प्रयोग गरी रू.५,००० भन्दा बढीको खरिदमा रू।५०० बराबरको गिफ्ट भौचर र अवेईको तर्फबाट एक जनालाई इअरबड प्रदान गरिने बैंकले जनाएको छ।


चाडपर्वलाई लक्षित गर्दै ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्न बैंकले विभिन्न उपहार योजना सञ्चालन गरिरहेको बेला विभिन्न मर्चेन्टहरूमा थप आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था समेत ल्याएको जनाएको छ।


आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भमार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन बैंकले अनुरोध गरेको छ।


बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। एनआईसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ।


बैंकमा २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाता सञ्चालनमा रहेका छन्।

प्रतिकृया