• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बेलुका

सुदूरपश्चिममा माओवादीले बनायो ६ जनालाई सहइन्चार्ज

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०६:०३

२५ असोज, २०७८ काठमाडौँ : सुदूरपश्चिममा सबैको चित्त बुझाउन माओवादीले ६ जनालाई पार्टीको सहइन्चार्ज बनाएको छ । यसअघि माओवादीले लक्ष्मी दत्त जोशी र तारामान स्वाँरलाई सहइन्चार्ज बनाएकोमा फेरि ४ जना सहइन्चार्ज थपेको हो । जसमा प्रचण्डकी बुहारी बिना मगरसमेत रहेकी छन् ।

National Life

पछिल्लो समय थपिएकामा बिनासँगै नेपबहादुर चौधरी, त्रिलोचन भट्ट र वीरमान चौधरी रहेका छन् । भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री समेत हुन् । यस्तै अध्यक्षमा शरद्सिंह भण्डारी र सचिवमा देवीलाल चौधरी रहेका छन् । यस्तै इन्चार्जमा खगराज भट्ट यसअघि नै चयन भइसकेका थिए ।

प्रतिकृया