• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

प्रदेश सभापतिमा राजु खड्काको उम्मेद्वारी

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०५:३८

२५ असोज, २०७८ भक्तपुर : नेपाली कांग्रेसको १४ औ महाधिबेसन अन्तर्गत भक्तपुर जिल्ला क्षेत्र न २ प्रदेश सभा ‘क’ तर्फ नेपाली कांग्रेसका युवा नेता समाजसेवी राजु खड्कालाई सभापति पदमा उमेद्वारका रुपमा अघी सारिएको छ । सुर्यबिनायक नगर कार्यसमितीको गत असोज १० गते सम्पन्न नगर कार्यसमितीको चुनावका सभापतिका प्रत्यासी रबी राणा द्वारा आयोजित धन्यवाद ज्ञापन एव चियापान कार्यक्रम बिच आउदो प्रदेश सभाको अधिबेसनलाई मध्यनजर गरेर राजु खड्काको उम्मेद्वारी घोषणा गरिएको हो ।

National Life

कार्यक्रमको क्रममा जिल्ला साचिव उद्धब सिलवालले सर्वसम्मतिबाट सभापति चयन गराउन जिल्लाका नेताहरुसँग प्रयास गरिने जानकारी गराए । प्रदेश सभापतिका लागी उम्मेद्वार घोषणा लगत्तै सभापतिका उम्मेद्वार खड्काले नेपाली कांग्रेसमा आफ्नो लामो समय देखीको योगदानको कदर स्वरुप सभापति पदमा अघी बढाएकोमा कृतज्ञ व्यक्त गर्दै आफु सर्वसम्मत सभापति हुनेमा पनि विश्वस्त रहेको बताएका छन ।


घोषणा कार्यक्रममा निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधर, जिल्ला सचिब उद्धब सिलवाल, जिल्ला कोषाध्यक्ष बिजेश अवाल, साथै प्रजातान्त्रीक योद्धा माथवर सिंह बस्नेत, जिल्ला नेताहरु कबिर राणा, अस्ट कुमार कवे, राजन काजी त्वाटि, बिदुर मान सिंह बस्नेत्, भेष बहादुर कार्कि, अङत खड्का, रबी राणा, महिला सघ भक्तपुरकी अध्यक्ष सरु बानिया, तरुण दलका क्षेत्रीय अध्यक्ष आकाश कार्की लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया