• १९ असोज २०८३, सोमबार
  • ७ः०५ बेलुका

कांग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित

प्रकाशित मिति

२०७८ आश्विन २१ गते, बिहीबार ०१:१४

२१ असोज, २०७८ सिमकोट : नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत मुगुमा सम्पन्न जिल्ला अधिवेशनबाट कांग्रेस जिल्ला सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। उनी संस्थापनइतर पक्षका खड्गबहादुर शाहीलाई ५६ मतले हराउँदै जिल्ला सभापति निर्वाचित भएका हुन्।

National Life

सभापतिमा निर्वाचित शाहीले ४०६ मत प्राप्त गरे। कांग्रेस संस्थापन पक्षका निर्वाचित शाहीको टिमले स्पष्ट बहुमत हासिल गरेको छ। मुगुमा सभापतिसहित जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान भएको थियो। भदौ १८ गते मतदान गरेर २१ गते मतगणना कार्य सम्पन्न गरिएको निर्वाचन अधिकृत नरेन्द्रबहादुर सिंहले जानकारी दिए।


उनका अनुसार सभापति पदका लागि खसेको ७७२ मतमध्ये ७५६ सदर र १६ बदर भएको थियो। जिल्लामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संस्थापन पक्षबाट सभापतिसहित २ सचिव, १ उपसभापति, १ सहसचिवसहित १७ जना महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा बहुमत सदस्य विजयी भए।

Classic Tech Mobile
Classic Tech Desktop

संस्थापनइतर पक्षबाट १ उपसभापति, १ सहसचिव, ७ जना महाधिवेशन प्रतिनिधि विजयी भए। निर्वाचनद्वारा नेतृत्व चयन भए पनि संगठन सुदृढीकरण र आउँदो स्थानीय तह, प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई जिताउन जोड दिने नवनिर्वाचित पार्टी सभापति शाहीले बताए।

प्रतिकृया