• १९ असोज २०८३, सोमबार
  • ८ः५२ राती

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

प्रकाशित मिति

२०७८ आश्विन २१ गते, बिहीबार १२:३०

२१ असोज, २०७८ काठमाडौँ : नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् ।

National Life

एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए ।


जोशीले अघि भने, ‘म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया