• २० असोज २०८३, मंगलबार
  • ३ः२८ राती

बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल, आज मन्त्रिमण्डल विस्तार नहुने

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार ०२:०६

१९ असोज, २०७८ काठमाडौँ : मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

National Life

‘चार जना शीर्ष नेताहरु ११ बजेदेखि १२ बजेसम्म एक घण्टा छलफल गर्नुभयो छलफलमा मन्त्रिमण्डल विस्तारकै बारेमा कुराकानी भएको बुझिएको छ’, सचिवालयका एक सदस्यले भने, ‘आज मन्त्रिपरिषद विस्तार नहुने भएको छ ।’ सत्ता गठबन्धनमा रहेका दलहरुले पहिला मन्त्रालयको भागबण्डा टुंग्याउन प्रधानमन्त्री देउवासँग माग गरिरहेका छन् ।


तर प्रधानमन्त्री देउवाले भने मन्त्री हुनेको नाम दिन दलहरूसँग आग्रह गरिरहेका छन् । गठबन्धनमा पहिला भएको सहमति अनुसार ६, ६ वटा मन्त्रालय भागबण्डा गर्ने भनेपनि पछिल्लो समय सांसद संख्याको आधारमा मन्त्रालय र मन्त्री भाग लगाउने काँग्रेस र माओवादी केन्द्रका नेताहरुको प्रस्तावमा नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरु सहमतिबाट पछि हट्न नहुने बताइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया