• १९ असोज २०८३, सोमबार
  • ८ः२६ राती

माधव नेपालको पार्टीले अझै लगाएन मन्त्रीको टुंगो

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार ११:१२

१९ असोज, २०७८ काठमाडौँ : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरूको नामबारे औपचारिक रुपमा कुनै छलफल नभएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई आफ्नो पार्टीबाट मन्त्री बनाउनेहरूको नाम दिन पटक-पटक आग्रह गर्दै आएका छन् ।

National Life

गठबन्धनका केही पार्टीका नेताहरुले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम टुग्याएपनि एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामबारे छलफल भैनसकेको बताए । ‘सत्ता गठबन्धनबीच मन्त्रालयको टुङ्गो लागेपछि मात्रै पार्टीबाट क–कसलाई मन्त्रीमा पठाउने भन्ने निर्णय हुन्छ’, महासचिव भुसालले रातोपाटीसँग भने,‘मन्त्रालय नटुंगिएसम्म मान्छे जाने नटुंगो नलाग्ने मात्रै होइन,मान्छे जाने कुरै चल्दैन ।’


समाजवादीका एक नेताका अनुसार मंगलबारसम्म गठबन्धनले मन्त्रालय बाँडफाँडबारे टुंगो लगाउने शीर्ष नेताबीच छलफल भएको छ । ‘मंगलबार गठबन्धनका शीर्ष नेता बसेर मन्त्रालय टुंग्याउने कुरा छ । सायद आज मन्त्रालयको टुंगो लाग्यो भने बैठक बसेर मन्त्री हुनेको नाम टुंगो लाग्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि एकीकृत समाजवादीका तर्फबाट विरोध खतिवडा,रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, मेटमणी चौधरी लगायतको नाम चर्चामा आएको थियो । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । गठबन्धनले लामो समयसम्म मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको भन्दै आलोचना भैरहेको छ ।

प्रतिकृया