• 10:12 pm

वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार ०९:३१

१९ असोज, २०७८ काठमाडौँ : वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले ल्याएको छ ।


यस विषयमा नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच समझदारी भएको छ । समझदारीअनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले सहज रूपमा नागरिक पेन्सन योजनामा सहभागी हुन रकम जम्मा गर्नसक्ने नागरिक कोषले जनाएको छ ।

प्रतिकृया