• 4:50 pm

गोरखा कांग्रेसमा न्यौपाने सर्वसम्मत

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ०४:३३

१८ असोज, २०७८ काठमाडौँ : नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् ।


सोमबार जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिए ।


न्यौपाने हालका जिल्ला सचिव छन् । यसअघि उनी नेपाल विद्यार्थी संघको जिल्ला सभापति र क्षेत्रीय सभापति पनि भएका थिए ।

प्रतिकृया