• १९ असोज २०८३, सोमबार
  • ११ः१६ राती

देउवाले बोलाएको सर्वदलीय बैठक ओलीद्वारा बहिस्कार

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार १०:३४

१४ असोज, २०७८ काठमाडौँ : संसदको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीले बहिस्कार गरेका छन् ।

National Life

प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको निवासमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएपनि अध्यक्ष ओलीका साथै एमालेले नै उक्त बैठकमा सहभागी नभएर बहिस्कार गरेको हो । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई मान्यता दिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध सर्वोच्चमा मुद्दा रहेकाले उक्त पार्टी सहभागी हुने बैठकमा नजाने बताउदै आएको छ ।


‘एकीकृत समाजवादी पार्टी संसदमा समेत गैरकानुनी रुपमा उपस्थित भइरहेको अवस्था छ भने अर्कोतिर सर्वोच्चमा सो पार्टीविरुद्ध मुद्दा छ । यस्तो अवस्थामा एमाले सर्वदलीय बैठकमा उपस्थित हुदैन’,केपी ओली निकट एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘गैरकानुननी काममा एमाले प्रवेश गर्दैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया