वर्ल्डलिंक कम्युनिकेशन्स द्वारा ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर हस्तान्तरण
प्रकाशित मिति
२०७८ आश्विन १३ गते, बुधबार ०४:१९

१३ असोज, २०७८ काठमाडौँ : वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज एक कार्यक्रमवीच ट्राफिक प्रहरीलाई एउटा विद्युतिय स्कुटर प्रदान गरेको छ । वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले बिद्युतिय स्कुटर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका हुन ।
एसएसपी भट्टराईले वर्ल्डलिंकलाई धन्यवाद दिदै प्राप्त स्कुटरलाई सार्वजनिकसवारी साधनहरूमा छुट्याईएको आरक्षण सिट, सवारी भाडा, स्वास्थ्य मापदण्ड कार्यान्वयनको अनुगमन तथा ट्राफिक व्यवस्थापन गर्न २ जना महिला ट्राफिक प्रहरी परिचालन गरिने बताउनुभयो ।स्कुटरलाई भरपुर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने छ, यसले थप प्रभावकारी रुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्ने विश्वास

व्यक्त गर्नुभयो । स्कुटरको चावी हस्तान्तरण गर्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्यालाई समाधान गर्न स्कुटरको प्रयोगबाट थप सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताउनुभयो । उहाँले वातावरणमैत्री स्कुटरले ध्वनी प्रदुषण तथा वातावरण प्रदुषणमा समेत योगदान गर्ने वताउनुभयो । उक्त कार्यक्रममा महाशाखाका उच्च प्रहरी अधिकृत तथा वर्ल्डलिंकका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया