• २० असोज २०८३, मंगलबार
  • १०ः२७ राती

टोखाबाट सुनका गहना चोरेको आरोपमा १ जना महिला पक्राउ

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ०१:१२

१२ असोज, २०७८ काठमाडौँ : काठमाडौँको टोखा नगरपालिका–८ स्थित जिरीगाउँबाट सुनको गहना चोरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पश्चिम रुकुम घर भएकी सजिता परियारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

National Life

असोज १० मा उनले जिरिगाउँ स्थित गहनराज शाहीको घरमा पसेर करिब ७ तोला गहना चोरेको दावी गरिएको छ । तिलहरी ठुलो १ थान, सुनको चुरा ४ थान, मुन्द्रा, औँठी र टप सहित करिब ७ तोला सुन चोरीमा संलग्न परियारलाई परिसर काठमाडौँको टोलीले सोमबार बसन्तपुरबाट पक्राउ गरेको थियो ।


जैसिदेवलमा बस्दै आएकी सजितालाई महानगरीय प्रहरी वृत महाराजगञ्जले चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया