• २० असोज २०८३, मंगलबार
  • ८ः३६ राती

नेता वर्षमान पुनलाई उपचार गर्न थाइल्याण्ड लगिने

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार १२:४०

१२ असोज, २०७८ काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ । उनी बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् ।

National Life

नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । चार वर्ष पहिले पनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो । त्यसअघि नयाँदिल्लीमा र थापाथलीस्थित नर्भिक अस्पतालमा उनले उपचार गराएका थिए । फेरि पनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार सुमेरु अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।


परीक्षणको क्रममा रगतमा बेलिरुबिनको मात्रा बढेको पाइएको पारिवारिक स्रोतले बतायो । सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई निवासमै गएर भेटेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया