• १९ असोज २०८३, सोमबार
  • १०ः३७ राती

सुदूरपश्चिम इन्चार्ज भीम कि लेखराज भन्ने विवाद मिलाउने जिम्मा ओलीलाई

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ०४:५४

११ असोज, २०७८ काठमाडौँ : नेकपा एमालेले पार्टीको सुदूरपश्चिम इन्चार्ज भीम रावल कि लेखराज भट्ट भन्ने विवाद मिलाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकमा सुदूरपश्चिम इन्चार्जबारे छलफल भएको र रावल र भट्टमध्ये एकलाई अर्को जिम्मेवारी दिएर मिलाउन सकिने स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले बताए ।

National Life

उनले रावल र भट्टको जिम्मेवारी विवादमा उच्चस्तरीय कार्यदलका नेताहरूसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले मिलाउने बताए । ‘जेठ २ लागू भैसकेको छ । सुदूरपश्चिमको हकमा उच्चस्तरीय कार्यदलसँगको सल्लाहमा अध्यक्षले मिलाउनुहुन्छ’ नेता गुरुङको भनाइ छ ।


उनले रावल र भट्टमध्ये एकलाई सम्मानपूर्वक अर्को जिम्मेवारी दिन सकिने भन्दै १० बुँदे ९० प्रतिशत समाधान भइसकेको दावी गरे । यसअघि उपाध्यक्ष रावलले पार्टी जेठ २ मा फर्कने सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट बनेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै सोमबारको स्थायी कमिटीमा विधान महाधिवेशनमा पेश गर्नेगरी आइतबार केन्द्रीय कमिटी बैठकले पारित गरेका तीन प्रतिवेदनमाथि आएका सुझाव समेट्नेबारे सामान्य छलफल भएको गुरुले जानकारी दिए ।

प्रतिकृया