• १९ असोज २०८३, सोमबार
  • ८ः२६ राती

बेलायतमा ‘भिसी’ गोर्खाको सालिक अनावरण

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०९:२३

१० असोज, २०७८ काठमाडौँ : बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा शनिबार एक विशेष कार्यक्रमका साथ् पहिलो ‘भिसी’ गोर्खाको सालिक अनावरण गरिएको छ । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदकको रुपमा मानिने भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक अनावरण गरिएको हो ।

National Life

बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणीकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गरे ।


कार्यक्रममा विभिन्न क्षेत्रका मेयर, काउन्सिलर, समाजसेवी, भूपू गोर्खा लगायत सैयौंको संख्यामा नेपाली तथा विदेशीहरुको उपस्थिति रहेको थियो । बौद्ध र हिन्दू परम्परा अनुसार पूजापाठ गरेर सालिक अनावरण गरिएको थियो । सहभागीहरुले सालिकमा रिथ अर्पण गर्नुका साथै दिवंगत गोर्खाको सम्झना गर्दै मौनधारण समेत गरिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीय ग्रेटर रसमोर नेपलिज कम्युनिटीको नेतृत्वमा नेपाली तथा विदेशीहरुबाट चन्दा संकलन गरि सालिकको लागि रकम जुटाइएको हो । वीरताको प्रतीकको रुपमा गोर्खा भिसीको सम्मानमा स्थापना गरिएको उक्त सालिकको लागि एक लाख ७० हजार पाउण्ड भन्दा बढी खर्च भएको प्रोजेक्ट म्यानेजर क्याप्टेन रिटायर्ड ग्यारी घलेले बताए । मूर्ति बनाउनको लागि मात्र एमी गुडम्यानलाई ७५ हजार पाउण्ड दिइएको थियो ।


कास्य धातुको प्रयोग गरिएको उक्त शालिकमा एक घाइते सैनिकलाई युद्ध मैदानमा बोक्दै गरेको दृश्य देखाइएको छ । भिसी कुलवीर थापा पहिलो विश्वयुद्धमा बेलायतको उच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो गोर्खा सैनिक हुन् । सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पा जिल्लामा जन्मिएका थापालाई १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका कारण भिक्टोरिया क्रस ९भिसी० बाट सम्मान गरिएको थियो । भारतीय सेनामा सेवारत रहंदा २६ वर्षको उमेरमा उनले भिक्टोरिया क्रस पाएका थिए ।


प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ मा निधन भएको थियो । उनको सम्मान स्वरूप बेलायतमा सन् २०१५ मा उनको तस्विर अंकित हुलाक हुलाक टिकट समेत प्रचलनमा ल्याइएको थियो । बेलायतका नेपाली युवाले उनकै जीवनीमा आधारित चलचित्र ‘गोर्खा बिनीथ द ब्रेभरी’ पनि चाडै प्रदर्शन हुँदैछ ।

प्रतिकृया