• १०:३० २०८१ बैशाख ४ गते
  • 10:30 am

एमाले बैठक : टोली समूहका नेताले सुझाव प्रस्तुत गर्दै

प्रकाशित मिति

२०७८ आश्विन ९ गते, शनिबार ०५:४५

Capture22 2

९ असोज, २०७८ काठमाडौँ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पेश गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा अहिले १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरिरहेका एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।


भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शुक्रबार बैठकमा वितरित गरिएका प्रतिवेदनमाथि आज समूहगत छलफल भएको थियो । टोलीनेताले दिएको सुझावका आधारमा ती तीनै प्रतिवेदनलाई शनिबार नै बैठकले पारित गर्ने उनले जानकारी दिए ।


पारित प्रतिवेदन यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुनेछन् । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

प्रतिकृया