• 6:27 pm

गोकर्णेश्वरमा भोलिदेखि विद्यालय खुल्‍ने

प्रकाशित मिति

२०७८ भाद्र १४ गते, सोमबार ०५:५६

Gokarneshwora nagarpalika

१४ भाद्र, २०७८ काठमाडौँ : गोकर्णेश्वरमा मंगलबारदेखि सम्पूर्ण विद्यालयहरु खुल्‍ने भएका छन् । गोकर्णेश्वर नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्‍चालन गर्ने निर्णय गरेपछि मंगलबारदेखि विद्यालय खुल्‍ने भएको हो ।


नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उप(सचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘। सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरुलाई पालना गरी पूर्ण सतर्कता र सजगकताको अबलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति २०७८/५/१५ गते मंगलबारदेखि सबै विद्यालय सञ्‍चालन गर्ने निर्णय भएकाले सोही अनुसार विद्यालय सञ्‍चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन हुन अनुरोध छ । ‘


विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको वातावरण र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।


Gokarneshwor nagarpalika school

प्रतिकृया