अफगानिस्तानबाट सबैलाई बाहिर निकाल्न सकेनौँ : बेलायत
प्रकाशित मिति
२०७८ भाद्र १२ गते, शनिबार ०४:२७
१२ भाद्र, २०७८ काठमाडौँ : अफगानिस्तानमा फसेकाहरूलाई निकाल्ने आफ्नो मिसन आज सकिने बेलायतले बताएको छ । बेलायतका चिफ अफ डिफेन्स स्टाफ जनरल निक कार्टरले अझै कयौँ मानिस अफगानिस्तानमा छुट्नेमा दुःख व्यक्त गरेका छन् ।
उनले बीबीसीसँग कुरा गर्दै भने, ‘हामीले सबैलाई बाहिर निकाल्न पाएनौँ । यो दुःखको कुरा हो ।’ उनले कयौँ अफगान नागरिकले आफूहरूलाई त्यहाँबाट निकाल्न लगातार मेसेज गरिरहेको बताउँदै उनीहरू सबैलाई निकाल्न नसकिने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘हामीले कयौँ कठोर फैसला लिनपर्७शधवसयो । जुन त्यहाँको स्थिति अनुसार जरुरी थियो ।’ जनरल कार्टरले अगस्त ३१ तारिखको समय सीमा पछि छुटेका व्यक्तिहरूलाई फिर्ता ल्याउन सकिनेमा आशा व्यक्ति गरे । ‘यदि भविष्यमा उनीहरूलाई हाम्रो आवश्यकता प¥यो भने हामी उनीहरूको साथमा खडा छौँ ।’
प्रधानमन्त्री बोरिस जोनसनले पनि काबुलमा फसेकाहरुलाई निकाल्न ‘आकाश जमिन एक गर्ने’ बताएका छन् । उनले काबुलमा छुटेकाहरूलाई निकाल्न हर सम्भव प्रयास गर्ने आश्वासन दिए । उनले छुटेकाहरू प्रति निकै अपसोच रहेको बताए । -एजेन्सी
प्रतिकृया