• १७ असोज २०८३, शनिबार
  • ६ः११ बिहान

माधव नेपालले सांसदहरुलाई देउवाको पाउमा चढाउँदैछन् : महेश बस्नेत

प्रकाशित मिति

२०७८ भाद्र १२ गते, शनिबार ०३:४५

१२ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको टिप्पणी गरेका छन् । शनिबार युथ फोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा उनले नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताए ।

National Life

‘सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् । माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो, अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ’ उनले भने ।


माधव नेपाले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको पनि बस्नेतले आरोप लगाए । ‘माधव नेपालले झलनाथ खनालको साथ लिएर पार्टीलाई माओवादीमा विलय गराउँदै हुनुहुन्थ्यो, त्यतिबेला केपी ओलीले रोक्नुभयो’ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद बस्नेतले माधव नेपाललाई साथ दिने नेताहरुलाई एमालेमै फर्किन आग्रह गरे । ‘मदन भण्डारीको नाम बेचेर माधव नेपाल र झलनाथ खनालले प्रचण्ड र शेरबहादुरको टाङमुनि छिराउँदैछन्’ उनले भने, ‘अरु नेताहरुले त्यस्ता काममा साथ दिनु हुँदैन ।’

प्रतिकृया