• १६ असोज २०८३, शुक्रबार
  • १ः१८ राती

तालिवानले भन्यो-बिन लादेनलाई दोषी ठहर गर्ने प्रमाण थिएन

प्रकाशित मिति

२०७८ भाद्र १२ गते, शनिबार ०२:१७

१२ भाद्र, २०७८ काठमाडौँ : तालिवानका प्रवक्ताले ११ सेप्टेम्बर, २००१ को आक्रमणमा बिन लादेनको संलग्नता पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको दाबी गरेका छन् । बिन लादेनलाई अमेरिकामा भएको उक्त हमलाको मुख्य योजनाकार मानिएको छ । र, अमेरिकी सैनिकले २०११ मा उनलाई पाकिस्तानमा मारेका थिए ।

National Life

यद्यपी, तालिबानका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले लादेनको बचाऊ गरेका छन् । ‘जब ओशामा बिन लादेन अमेरिकीहरुका लागि दोषी बनेका थिए, त्यतिबेला उनी अफगानिस्तानमा थिए । र, उनी ११ सेप्टेम्बरको हमलामा संलग्न भएको कुनै प्रमाण थिएन,’ मुजाहिदले एनबीसी न्युजसँगको कुराकानीमा भने, ‘र, अहिले हामीले अफगानी भूमी कसैविरुद्ध पनि प्रयोग हुनेछैन भनेर वचन दिएका छौं ।’


२० वर्षअघि सत्तामा छँदा तालिवानले अफगानिस्तानमा अल कायदा नेटवर्कका नेता बिन लादेनलाई सुरक्षा दिइरहेको थियो । २००१ मा वर्ल्ड ट्रेड सेन्ट र पेन्टागनमा आक्रमण भएपछि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले तत्कालै लादेनलाई समातेर हस्तान्तरण गर्न तालिबानसमक्ष माग गरेका थिए । उनले अफगानिस्तानमा रहेका आतंकवादी क्याम्पहरू पनि तत्कालै हटाउन माग गरेका थिए । तालिबानले यो प्रस्ताव अस्विकार गरेपछि बुसले अमेरिकी र नेटो सैनिकको नेतृत्वमा हवाई हमला सुरु गरेका थिए र जमिनमा अफगान नर्थन एलाइन्सले तालिबानसँग भिडन्त गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस हमलाको दुई महिनाभित्रै तालिबानी सत्ता ढलेको थियो । तर, २० वर्षपछि फेरि तालिबानले अफगानिस्तानमा कब्जा जमाएको छ । र, अब अलकायदाले पनि तालिबानमा आफ्नो सञ्जाल बिस्तार गर्नसक्ने चेतावनी सैन्य अधिकारीहरुले दिइरहेका छन् । गत जुनमा संयुक्त राष्ट्रसंघले अफगानिस्तानका ३४ प्रान्तमध्ये १५ वटा प्रान्तमा अलकायदाको उपस्थिती रहेको भन्दै सतर्क रहन चेतावनी दिएको थियो ‘तालिबान र अलकायदा नजिकबाट जोडिएको र उनीहरुबीचको सम्बन्ध विच्छेद हुने कुनै संकेत नदेखिएको राष्ट्रसंघको रिपोर्टमा उल्लेख थियो ।


अफगानिस्तानका विश्लेषक अब्दुल सयदका अनुसार यी दुई संगठन बीचको सम्बन्ध ११ सेप्टेम्बरको दाँजोमा अझै मजबुत भइसकेको छ । एजेन्सी

प्रतिकृया