• १६ असोज २०८३, शुक्रबार
  • १२ः४० राती

Pre-AMS परीक्षा मर्यादित एवं त्रुटिरहित रुपमा सम्पन्न गर्नुपर्ने : शैलेश थापा क्षेत्री

प्रकाशित मिति

२०७८ भाद्र १२ गते, शनिबार ०२:०४

१२ भाद्र, २०७८ काठमाडौँ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसंघीय मिसनका लागि लिइने Pre-AMS परीक्षालाई थप मर्यादित बनाउन सम्बन्धीत प्रहरी कर्मचारीहरूले पूर्ण इमान्दारिता एवम् उत्तरदायित्व वहन गर्दै त्रुटि रहित तवरले काम गर्नुपर्ने बताउनुभएको छ ।

National Life

उक्त मिसनका लागि Pre-Assessment for Mission Service (Pre-AMS) परीक्षा संचालन गर्न खटिने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो । परीक्षा संचालनमा खटिने प्रहरी अधिकृतहरुले परीक्षाको गोपनियता लगायत तोकिएको मापदण्ड पूर्ण पालना गरी आवश्यक पूर्व तयारी गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विगतका कमजोरी नदोहोरिने गरी संवेदनशील भई आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो ।


नियतवश हुने लापरवाही क्षम्य नहुने चर्चा गर्दै परीक्षा संचालनको लागि आवश्यक जनशक्ति एवं साधन स्रोतको व्यवस्थापनको लागि समयमै समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वरिष्ठ प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय यूएन शाखाका प्रहरी उपरीक्षक गंगा पन्तले Pre-AMS परीक्षा संचालनको तयारी सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अवैध लागूऔषध सहित १ जना पक्राउ

बर्दिया, राजापुर नगरपालिका-१ झगई बस्ने २३ वर्षीय विबेक चौधरीलाई १ सय २० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित घर नजिकै बाटोमा हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय
राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सवारी दुर्घटनामा परी १ जनाको मृत्यु

मकवानपुर, भिमफेदी गाउँपालिका-१ सानुटारस्थित हेटौडा भैँसे सडकमा प्रदेश १-०२-००१ ख ८७५९ नम्बरको आईचर ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल राप्ती खोलामा खसेर शुक्रबार बिहान दुर्घटना हुँदा आईचर ट्रकमा सवार सिन्धुली लम्पटार बस्ने २९
वर्षीय भोज राज बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका ट्रक चालक र सह-चालकलाई उपचारको लागि हेटौडातर्फ पठाएकोमा सह-चालकलाई थप उपचारको लागि काठमाण्डौ पठाईएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया