• १५ असोज २०८३, बिहीबार
  • ४ः५९ बिहान

काँग्रेस महाधिवेशन ९ देखि १३ मंसिरमा, वडा अधिवेशन १८ भदौमा

प्रकाशित मिति

२०७८ श्रावण ३१ गते, आईतवार ०९:२५

३१ साउन, २०७८ काठमाडौँ :  नेपाली काँग्रेसको महाधिवेशनको नयाँ मिति तोकिएको छ । आज बसेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन ९ देखि १३ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको हो । काँग्रेसले वडा तहको अधिवेशन १८ भदौमा गर्ने भएको छ । यो समयबाट अधिवेशन सुरु गरेर मंसिरमा पूरा गर्ने गरी काँग्रेसले महाधिवेशन गर्न लागेको हो ।

National Life

यसअघि तोकिएको वडा तहको अधिवेशनको मिति कटिसकेको छ । भदौमा तय भएको महाधिवेशन हुन नसक्ने भएपछि नयाँ मिति तोकेको हो । काँग्रेसले २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकेको छ ।


१८ भदौमा वडा अधिवेशन सकेर गाउँ तथा नगर अधिवेशन २७ भदौमा तोकेको छ । प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोजमा, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोजमा, जिल्ला अधिवेशन १० असोजमा र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकका लागि तोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

काँग्रेसको वडा तह देखि महाधिवेशनसम्म ३ महिना पूरा लाग्ने गरी कार्यतालिका बनाइएको छ । दशैं अगाडि जिल्ला अधिवेशन सक्ने र दशैपछि प्रदेश अधिवेशन गर्ने गरी मिति तोकिएको छ । छठ सकिएपछि महाधिवेशन गर्ने तय भएको छ ।

प्रतिकृया