आज विदेशी मुद्राको विनिमयदर यस्तो छ
प्रकाशित मिति
२०७८ श्रावण १३ गते, बुधबार १२:०५
१३ साउन, २०७८ काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै,यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ०४ पैसा र विक्रीदर १४० रुपैयाँ ७५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र विक्रीदर १६४ रुपैयाँ ५९ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४३ पैसा र विक्रीदर १३० रुपैयाँ ०९ पैसा रहेको छ ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४२ पैसा र विक्रीदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ भने,क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५० पैसा र विक्रीदर ९४ रुपैयाँ ९७ पैसा रहेको छ । यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७९ पैसा र विक्रीदर १० रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६९ पैसा र विक्रीदर ३१ रुपैयाँ ८५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र विक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।








प्रतिकृया