• १४ असोज २०८३, बुधबार
  • १२ः११ राती

सेयर बजार : लगानीकर्ता, राज्य र ब्रोकरको आम्दानी इतिहासकै उच्च !

प्रकाशित मिति

२०७८ श्रावण ११ गते, सोमबार ११:४७

११ साउन, २०७८ काठमाडौँ : आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारले ऐतिहासिक रेकर्ड कायम गर्दा सरकारले पनि पुँजीबजारमा गानीकर्ताबाट हालसम्मकै उच्च पुँजीगत लाभकर उठाएको छ । पछिल्लो समय लगानीकर्ताले सेयर बजारबाट नाफा धेरै कमाउन थालेपछि राज्यको ढुकुटीमा पनि लाभकर जम्मा हुने क्रमले ऐतिहासिक रेकर्ड कायम गरेको हो

National Life

अघिल्लो बर्ष ९७ करोड २० लाख रुपैयाँ पुँजीगत लाभकर उठाएको सरकारले आर्थिक वर्ष २०७७/०७८ मा १४ अर्ब १४ करोड रुपैयाँ उठाएको हो ।सेयर बजार बढेपछि लगानीकर्ताले कमाएको नाफाबाट यो कर राज्यले उठाएको थियो । यो पुँजीगत लाभकर उठाउँदा व्यक्तिगत लगानीकर्ताको हकमा ५ प्रतिशत र संस्थागत लगानीकर्ताको हकमा १० प्रतिशत कायम थियो । तर सरकारले चालु आर्थिक वर्षदेखि भने नयाँ पुँजीगत लाभकर निर्धारण गरेको छ ।


जसअनुसार सेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । चालु आर्थिक बर्षको बजेटले एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्तालाई अल्पकालीन र एक वर्ष भन्दा धेरै अवधिको लागि सेयर राखेर बिक्री गर्नेलाई दीर्घकालीन लगानीकर्ता मानेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यता ब्रोकरको कमाइबाट अर्थात ब्रोकरले सेयर कारोबारबाट लिने कमिसनबाट सरकारले अघिल्लो वर्ष १९ करोड उठाएको थियो भने यस पटक १ अर्ब ३९ करोड रुपैयाँ कर उठाएको छ । सिडिएस एण्ड क्लियरिङ हाउसका अनुसार यी दुबैबाट सरकारले साढे १५ अर्ब भन्दा बढी पुँजीगत लभाक कर उठाएको छ । व्यक्तिगत लगानीकर्ताबाट बढी पुँजीगत लाभकर उठेको सिडिएससीका सिइओ पूर्ण प्रसाद आचार्यले बताए ।


पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरु पनि निकै बढेका छन् । डिम्याट खाता मात्र ३७ लाख ३६ हजार ९ सय ३७ छ । तर कतिपय आयोजना प्रभावितको लागि बेचिएको सेयरमा डिम्याट नभएकाले सेयर बजारका लगानीकर्ता भने यो भन्दा बढी भएको सिडिएसीका सीईओ पूर्ण आचार्यले बताए । सरकारी सेयर कुनै पनि डिम्याटमा छैनन् । सिडिएससीले सरकारी सेयर पनि अभौतिकीकरण गर्नका लागि आग्रह गर्दै आएको छ । यता मेरो सेयरको अकाउन्ट २८ लाख ५२ हजार २ सय ३३ रहेको छ ।


ब्रोकरको कमिशन पनि हालसम्मकै उच्च

अघिल्लो बर्ष १ अर्ब २७ करोड ७४ लाख रुपैयाँ ब्रोकरहरुले कमिशन कमाएका थिए भने यस बर्ष ९ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ सेयर खरिद बिक्री गर्दा लाग्ने कमिसनबाट कमाएका छन् । यसमा आधा भन्दा बढी हिस्सा नासा सेक्युरिटिजले मात्रै कमाएको छ ।


अघिल्लो आर्थिक बर्ष सम्म खरिद बिक्रि रकमको ०.४ देखि ०.६ प्रतिशत कमिशन लिने गरेका थिए भने अहिले ब्रोकर कमिशन घटेको छ । आर्थिक वर्ष २०७७/०७८ पुसबाट ०.२७ प्रतिशत देखि ०.४ प्रतिशत सम्म ब्रोकर कम्पनीले कमिशन लिन पाउने व्यवस्था छ । यो कमिशन घटेपछि पनि ९ अर्ब ३४ करोड कमिशन बापत कमाउनु सेयर बजारबाट लगानीकर्ताले धेरै सेयर कारोबार गरे भन्ने हो । हाल ५० वटा ब्रोकर कम्पनी अस्तित्वमा छन् ।


लगानीकर्ता सचेत

अहिले लगानीकर्ताहरु सेयर बजारप्रतिको सचेत देखिन थालेको छन् । गृहिणीदेखि कर्मचारी,नेतादेखि कार्यकर्ता सबैले सेयर बजारप्रति चासो राख्न थालेका छन् । सेयर बजारमा लगानी गर्न जाने मनग्गे कमाउने बुझाएका कारण बजारको प्रगति दिनप्रति दिन भइरहेको छ ।सिडिएसीका अनुसार क्लोज आउटमा पर्नेहरू पनि घटेको छन् । लगानी गर्न नजान्दा सेयर लगानीकर्ताहरु क्लोज आउटमा पर्ने गर्दथे ।

प्रतिकृया