• १५ असोज २०८३, बिहीबार
  • २ः१३ राती

निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री र आइजीलाई निर्देशन

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ०८:५३

१० साउन, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषी पत्ता लगाएर तत्काल कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापालाई निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले आइतबार गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक थापालाई बोलाएर निर्मला पन्त हत्या प्रकरणमा हालसम्म भएको अनुसन्धानबारे जानकारी लिएको जनाएका छन्।

National Life

‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।


निर्मलाको हत्या भएको तीन वर्ष पुगसक्दा पनि अहिलसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

२०७५ साल साउन १० गते साथीको घरबाट फर्कँदा बेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट स्थानीय उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो। निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट थियो।

प्रतिकृया