काँग्रेस महाधिवेशन सर्ने निश्चितप्रायः
प्रकाशित मिति
२०७८ श्रावण १० गते, आईतवार ११:५७
१० साउन, २०७८ काठमाडौँ : नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौंमा हुने सम्भावना कमजोर हुँदै गएको छ । वडा अधिवेशन स्थगित गरिएसँगै भदौमा महाधिवेशन हुने सम्भावना कमजोर बनेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन सर्न सक्ने संकेत गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा ऋषि धमलासँग कुरा गर्दै उनले निर्धारित समयमा महाधिवेशन नभएपछि पार्टी अरुले दर्ता गर्न नसक्ने बताए । संविधान अनुसार भदौमा महाधिवेशन नभएपनि पार्टी खारेज नहुने उनको भनाई थियो । काँग्रेसभन्दा अगाडि महाधिवेशन गरेका अन्य ठुला दलले पनि अहिलेसम्म महाधिवेशन नगरको उल्लेख गर्दै पार्टी र चुनाव चिन्ह खारेज नभएको बताए ।
तर, उनले समयमै महाधिवेशन गर्नु नैतिकतासँग जोडिएको बताए । काँग्रेस महाधिवेशन भदौ १७ बाट १९ सम्म काठमाडौंमा गर्ने तय गरिएको छ । यसअघि तय गरिएको मिति एक हप्त सारिएको हो । अधिवेशनको मिति पटक पटक सरिसकेको छ ।






प्रतिकृया