हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा
प्रकाशित मिति
२०७८ असार २५ गते, शुक्रबार ११:५३
काठमाडौँ : हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी हुदै गएको छ। लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठनलाई नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गरेका हुन्।
कोरोनाको कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि पठनपाठन नभएको बेला वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएक प्रधानाध्यापक लामाले बताए। विद्यालय यही असार १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि केही दिनयता अनलाइन कक्षाबाट नियमित पढाइ शुरु गरिएको बताइएको छ।
धेरै विद्यार्थी सहभागी हुन नसके पनि प्रधानाध्यापक लामाका अनुसार अनलाइनबाट विभिन्न विषयमा पठनपाठन भइरहेको छ। अनलाइन कक्षाको प्रभावकारिता बढ्दै गएको र इन्टरनेटले राम्रो काम गर्दै गएको खण्डमा सबै कक्षा सञ्चालन गर्ने सोच राखिएको लामाले बताए। -रासस






प्रतिकृया