• ५ असोज २०८३, सोमबार
  • १ः२७ राती

नमुना स्कुल घोषित विद्यालयहरु नयाँ विद्यार्थी भर्ना अभियानमा

प्रकाशित मिति

२०७८ असार १२ गते, शनिबार ०५:३३

रोहित सापकोटा
चितवन :
माडिमा नमुना स्कुल घोषित तीनवटै माध्यमिक विद्यालयहरु यतिखेर नयाँ विद्यार्थी भर्ना अभियानमा हिडेने छन्।
केन्द्र सरकारबाट नमुना घोषित माडी मा.वि., बागमती प्रदेश सरकारबाट नमुना घोषित जनजीवन मा.वि. र माडी नगरपालिकाबाट नमुना घोषित जनकल्याण मा.वि. केहि मिल्दा र केहि भिन्न विशेषताहरु रहेको छ भने नयाँ विद्यार्थी भर्ना अभियान चलाएका छन् ।

National Life

हाल टेलिफोन, प्रत्यक्ष भेटसम्वाद, अनलाइन फर्म र रेडियो सुचनाको माध्यमबाट सोहि तीनवटै विद्यालयले भर्ना अभियानमा जुटेका छन् । माडी माध्यमिक विद्यालय बसन्तपुरले पशु विज्ञानतर्फ कक्षा ९ र १० तथा अन्य कक्षाहरुमा नर्सरीदेखि १० सम्म भर्ना लिइरहेका छन् । विद्यालयले जारी शैक्षिक बर्षदेखि विद्यार्थीहरुलाई छोटो अवधीका मार्सल आर्टस्, सिलाई बुनाई, संगित, नृत्य र उद्घोषण कला शिक्षा समेत निःशुल्क सञ्चालन गर्ने भएका छन्। विद्यालयमा छात्रवृत्ति, प्रयोगशाला र निःशुल्क छात्रबास र यातायातसंगै अंग्रेजी माध्यमबाट अध्यापनको व्यवस्था समेत रहेको प्रधानाध्यापक भुपेन्द्र पौडेले बताए।


भने जनजीवन माध्यमिक विद्यालय खरकट्टाले कक्षा ६ देखि माथि क्रमशः नेपाली र अंग्रेजी दुबै माध्यमबाट कक्षा सञ्चालन हुने र कक्षा ९ मा ऐच्छिक द्वितीय बिषयमा कम्प्युटर र लेखा रहनेगरी नयाँ भर्ना खुला गरेका छन्। विद्यार्थीलाई पाठ्यपुस्तक र शिक्षकको हातमा पाठ्यक्रम र ल्यापटप भन्ने नारासहित सो विद्यालयले हरेक कक्षामा प्रोजेक्टर र स्मार्टबोर्ड जडान गरी आई.सि.टी. प्रविधियुक्त शिक्षामा जोड दिएको विद्यालयका प्रधानाध्यापक शोभाकर गौतमले बताए। भने जनकल्याण माध्यमिक विद्यालय कल्याणपुरले नर्सरीदेखि कक्षा १० सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुनेगरी नयाँ भर्ना खुला गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

डिजिटल स्कुलको नारा अनुरुप सबै कक्षाहरुमा मल्टिमिडिया र आई.सि.टी. प्रविधि जडान गरिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर जि.सी.ले बताए । अभिभावकको सुझाब पालना गर्दै एक व्यक्ति एक उद्यमीको अवधारणाबाट अध्यापन हुने विद्यालयले श्रोतले जनाए।

प्रतिकृया