• ३ असोज २०८३, शनिबार
  • ९ः०७ राती

शतप्रतिशत भर्ना अभियान

प्रकाशित मिति

२०७८ असार ६ गते, आईतवार ०८:१६

काठमाडौं : आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु९याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ । असार १ गतेदेखि सुरु भएको यो अभियान असार १५ गतेसम्म सञ्चालन हुने छ ।

National Life

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले यसपटक विशेष तयारीका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकिए पनि जो जहाँ छौँ त्यहीँको विद्यालयमा विद्यार्थीको अभिलेखीकरण गर्न आह्वान गरिएको जानकारी दिए ।


सरकारले विगतका वर्ष वैशाख १ देखि १५ गतेसम्म देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै नयाँ पुस्तक दिएर विद्यार्थीलाई कक्षा कोठामा स्वागत गर्ने गरेको थियो तर दुई वर्षयता कोरोना भाइरसका कारण यस खालको भर्ना अभियान सञ्चालन हुन सकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

महानिर्देशक अर्यालले यसपटक असार १५ गतेसम्म अभिलेखीकरण हुन नसकेका बालबालिकालाई असारभित्र अभिलेखीकरण गर्ने सरकारको नीति रहेको जानकारी दिए।


यसपटक सरकारले बजेट वक्तव्यमा समेत आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु९याई अनिवार्य र निःशुल्क शिक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । सरकारी तथ्याङ्कअनुसार विद्यालय जाने उमेर समूहका ९७.२ प्रतिशत बालबालिका विद्यालयमा भर्ना हुने गरेका छन् । कोरोनाको प्रभाव केही कम भए यस वर्ष घरदैलोमा जाने योजना रहेको महानिर्देशक अर्यालले बताए।


यो अभियान सफल पार्न स्थानीय तह तथा विद्यालयलाई समेत आह्वान गरिएको छ । गोरखापत्र दैनिकबाट

प्रतिकृया