निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना, आठ ग्राहकबाट १५-१५ हजार असुल
प्रकाशित मिति
२०७८ जेष्ठ ३० गते, आईतवार ०४:५०
काठमाडौँ : निषेधाज्ञा उल्लंघन गर्दै होटल खोलेको आरोपमा प्रहरीले त्रिपुरेश्वरस्थित युनाइटेड विजनेस होटललाई कारवाही गरेको छ । होटलका सञ्चालक मात्र नभएर ग्राहकहरू पनि जरिवाना तिर्न वाध्य भएका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले आज बिहान ३ बजे अनुगमनका क्रममा सो होटल खोलेर मानिसहरू भेला भएको अवस्थामा भेटेको थियो ।
प्रहरीले होटेलका म्यानेजर आश्विन श्रेष्ठ र ८ ग्राहकहरूलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बुझाएको थियो । सरकारले हालै जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन गर्न बनेको विधेयक २०६७८ को दफा २१ को प्रावधान अनुसार उनीहरुलाई जिप्रकाले जरिवाना तिराएको हो ।
म्यानेजर श्रेष्ठलाई ४ लाख रूपैयाँ जरिवाना गराइएको छ । यसैगरी ग्राहकहरुले पनि १५-१५ हजार जरिवाना तिरेका छन् । जरीवाना तिर्नेमा रोहित तामाङ, सुजन नेपाली, नितिश खड्का, योगिता तामाङ र दुई विदेशी नागरिक रहेका छन् । जरिवाना तिरेपछि सबैजना छुटेका छन् ।






प्रतिकृया