• १६:१८ २०८० चैत्र १६ गते
  • 4:18 pm

पहिलोपटक अनस्क्रिन रोमान्स गर्दै रणवीर–कटरीना

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ०५:०८

Ranabir e1623237808362

रणवीर र कटरीना । तस्वीर : बलिउड बबल हिन्दी

मुम्बई : बलिउड लाइफ०– बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री कटरीना कैफले हालसम्म कुनै पनि फिल्ममा सँगै रोमान्स गरेका छैनन् । रणवीरले फिल्म ‘रामलीला’बाट सफलताको सिढी चढेसँगै उनी नयाँ पुस्ताको सफल अभिनेता बने ।


उता कटरीना बलिउडकै सबैभन्दा स्टाइलिस अभिनेत्री हुन् । जो हरेक फिल्ममा दर्शकका लागि केही नयाँ कुरा दिन्छिन् । यो जोडीलाई पर्दामा एकसाथ हेर्ने दर्शकको चाहना अब पुरा हुने भएको छ ।


निर्देशक जोया अख्तरले रणवीर र कटरीनालाई चाँडै एक फिल्मका लागि लिँदैछिन् । जोयाले रणवीरका साथ कैयौं सुपरहिट फिल्म दिएकी छन् । कटरीनासँग जोयाको दोस्ती भने फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’बाट बनेको हो ।


जोयाले कटरीनालाई आफ्नो फिल्मको स्क्रिप्ट सुनाउदा कटरीनाले काम गर्ने सहमति जनाएकी छन् । फिल्म निकट स्रोतले जोयाको फिल्ममा कटरीनाको भूमिका निकै सशक्त रहेको बताएको छ ।

प्रतिकृया