• १६ असोज २०८३, शुक्रबार
  • ४ः१८ बिहान

४९ किलो गाँजा सहित बाराबाट ३ जना पक्राउ

प्रकाशित मिति

२०७८ जेष्ठ २४ गते, सोमबार ०५:११

काठमाडौं : प्रहरीले बाराको महागढीमाई नगरपालिका–२ स्थित इनर्वा चोकबाट गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका घर भएका अमिरका पासवान, रमेश चौधरी र राज कुमार ठाकुर छन् ।

National Life

लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरुको साथबाट ४९ किलो गाँजा बरामद गरेको छ । सोमबार मध्यान्ह महागढीमाईको बरियापुरतर्फबाट तेलकुवा जाँदै गरेको ना. २ ह ६१०६ नम्बरको अटो र पल्सर मोटरसाइकलमा सवार उनिहरुलाई चेकजाँच गर्दा सो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिकृया