• १० असोज २०८३, शनिबार
  • ३ः३६ दिउँसो

स्पुतनिक खोप ल्याउन लोमश फर्मालाई अनुमति दिइयो

प्रकाशित मिति

२०७८ बैशाख २४ गते, शुक्रबार ०३:१६

काठमाडौं : औषधि व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला गरेको छ । विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो । स्पुतनिक भी खोपलाई आयातका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।

National Life

रसियन सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको स्पुतनिक भी खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ । यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । स्पुतनिक भी खोप भण्डारणका लागि २ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने हुन्छ ।

नेपालमा यो खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने विभागले जनाएको छ । विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड हुकम डिस्टिब्युटर्स र भारतकै बायोएन्टेकले उत्पादन गरेको को- भ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया