• १० असोज २०८३, शनिबार
  • ५ः३३ बिहान

राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा

प्रकाशित मिति

२०७८ बैशाख २४ गते, शुक्रबार ०२:२२

काठमाडौं :  सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।  छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ प्राप्त गरेका छन् ।  जनही एक लाख राशीको सो पुरस्कारबाट इन्द्र बुढा (उजीर मगर), संगिता खड्का, शेषराज दाहाल, हेमन्त बहादुर वि.क. र शीतल साहसमेत पुरस्कृत हुने भएका छन् ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

वरिष्ठ पत्रकार सम्मान २०७६ मरणोप्रान्त स्व.सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ ।  २ लाख पुरस्कार राशिको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ । राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट भने दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका हुन् । पुरस्कार घोषणा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री पार्वत गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गरे । कोरोनाको कहर सकिएपछि ती पुरस्कारहरु वितरण हुनेछन् ।

 

सूची 

वरिष्ठ पत्रकार सम्मान २०७६ – स्व.सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बा

वरिष्ठ पत्रकार सम्मान २०७७ – रघु मैनाली र शार्दूल भट्टराई

 

 

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६

इन्द्र बुढा (उजीर मगर)- बागलुङ

मात्रिका पौडेल – रामेछाप

संगिता खड्का – काठमाडौं

शेषराज दाहाल- सिन्धुली

हेमन्त बहादुर विक -बाँके

शीतल साह –  धनुषा

 

 

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७

दिलीपकुमार थापामगर- भक्तपुर

दीपेन न्यौपाने- मोरङ

दुर्गाप्रसाद शर्मा-पर्वत

शुरोजंग पाण्डे-दोलखा

नितु पण्डित – नुवाकोट

पूनम पौडेल -ललितपुर

प्रतिकृया