कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै भारत, एकैदिन थपिए ४ लाख १४ हजार बढी संक्रमित
प्रकाशित मिति
२०७८ बैशाख २४ गते, शुक्रबार ०८:३४
काठमाडौँ– दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो । यसअघि हिजो विहीबार ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसअघि भारतमा पहिलो पटक गत शनिबार ९१८ वैशाखमा० कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या अझ बढेको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।
अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ छ । यस्तै त्यहाँ एकैदिन ३९ सय २० संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।






प्रतिकृया