• २५ भदौ २०८३, बिहीबार
  • ५ः३९ बेलुका

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रु र उडानको चाप, राती १२ बजेबाट उडान बन्द

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार ०९:२२

काठमाडौं : सरकारको निणर्य बमोजिम आज राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द हुँदैछ । टीआईए बन्द गर्ने भनिएसँगै यात्रु र उडान संख्या अत्यधिक बढेको छ । यो दुई दिन बुधबार र बिहीबार मात्र १ सय ७ वटा फ्लाइट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए)बाट भएका छन् ।यो संख्या कोरोनाको पहिलो लहरपछिको सबैभन्दा धेरै भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

National Life

 

देशमा कोरोना भाइरसका संक्रमित संख्या बढेसँगै एक हप्ता अघि सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडानमा रोक लगाउने निणर्य गरेको थियो । सरकारले अर्को निणर्य नगरुन्जेलीसम्मका उडान बन्द गर्ने भएपछि केही दिनदेखि अन्तराष्ट्रिय फ्लाइट र विभिन्न मुलुक यात्रा गर्ने यात्रुको संख्या बढेको छ। निषेधाज्ञापछि गत आईतबार टीआईएको अन्तराष्ट्रिय टर्मिनलबाट १८ वटा फ्लाइट भएका थिए भने सोमबार २० मंगलबार २० वटा फ्लाइट भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्राधिकरणका प्रवत्ता राजकुमार क्षेत्रीका अनुसार आज राती १२ बजेसम्ममा २५ वटा विमान टीआईएमा आगमन हुने छन् भने २६ वटा विमान नेपालबाट अन्य मुलुकका लागि प्रस्थान गरेका छन् । जसमा नेपाल एयरलाइन्सको एउटा विमान जापान गएको छ र त्यो भोली नेपाल फर्किने छ ।बिहीबारको भन्दा चार वटा बढी उडान बुधबार भएका छन् ।

 

बुधबार ५६ वटा फ्लाइट भएकामा २८ वटा जहाज अन्य मुलुक प्रस्थान गरेका थिए भने २८ ओटा नै नेपाल भित्रिएका थिए । जसमा २ हजार १९१ यात्रु अन्तराष्ट्रिय उडानबाट नेपाल आएका थिए भने ३ हजार ७०३ जना नेपालबाट बाहिर गएका थिए । यसमा १३ वटा चाटर्ड उडान थिए भने अन्य उडान सेड्यूल फ्लाइट भएको प्रवक्त क्षेत्रीले जानकारी दिएका छन् ।

त्यसभन्दा अघि नेपालबाट अन्तराष्ट्रिय उडान दैनिक १० देखि १५ वटामात्र हुनेगरेको प्रवक्ता क्षेत्रीको भनाइ छ । आज टीआईएमा ६ हजारभन्दा बढी यात्रुले आगमन र प्रस्थान गरेका छन् । जसको पूर्ण तालिका भने आउन बाँकी रहेको प्रवक्ता क्षेत्रीले बताए । क्षेत्रीका अनुसार निषेधाज्ञापछि २६ सयदेखि ३ हजारसम्म यात्रुले हवाई यात्रा गरिरहेको थिए । तर, बुधबार र बिहीबार भने यात्रुको संख्यामा अन्य बेलाको भन्दा करीब दोब्बर संख्याले नै बढेको हो ।

प्रतिकृया