• ५ साउन २०८३, मंगलबार
  • १:०८ बेलुका

पत्रकारका लागि अक्सिजनसहित नौ शय्याको कोभिड होल्डिङ सेन्टर

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार ०४:३२

काठमाडौं :  नेपाल पत्रकार महासंघले कोभिड १९ को जोखिममा रहेका पत्रकारहरुका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा रहेको अतिथिगृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरमा रुपान्तरण गरिएको अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

 

Kamana Sewa

कोभिड संक्रमण पुष्टी भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरुलाई होल्डिङ सेन्टरको सुविधा उपलब्ध गराइने अध्यक्ष पोखरेलले बताए । ‘फ्रन्टलाइनमा खटिएका पत्रकारलाई कोरोना संक्रमण भएमा वा जोखिममा रहेमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि नौ शैयाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएका छौं’, पोखरेलले भने ।

Classic Tech Desktop

 

महासंघले होल्डिङ सेन्टरमा ज्वरो र अक्सिजन मापन गर्नेसहितको प्रबन्ध रहेको छ । होल्डिङ सेन्टरमा रहने पत्रकारका लागि स्वस्थ खानेपानी र खानाको समेत व्यवस्था गरिएको छ । होल्डिङ सेन्टर स्थापनाका लागि महासंघलाई म्याक्सिम इन्टरनेशनल ट्रेडिङ, हाम्रो टिम लगायतका संस्थाले सहयोग गरेका हुन् ।

प्रतिकृया