• १७:४६ २०८० चैत्र १५ गते
  • 5:46 pm

उपत्यकामा निषेधाज्ञा थपियो’काठमाडौँ उपत्यकामा अब खाद्य तथा तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म खुल्ने

प्रकाशित मिति

२०७८ बैशाख २१ गते, मंगलवार ०४:०४

ktm2

काठमाडौँ : उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताएका छन् ।

 

उपत्यकामा पसल खोल्ने समय बिहान ९ बजेसम्म मात्र कायम गरिएको बैठकले जनाएको छ ।    अत्यावश्यक बाहेकका अरु सवै पास बन्द गर्ने निर्णय भएको छ ।  साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने निर्णय  अब  खोल्न नदिने निर्णय गरिएको प्रजिअ भट्टराईले बताए ।

 

यसै गरि बैंक तथा वित्तिय संस्थामा सिमित जनशक्ति राखेर चलाउन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताएका छन् ।

प्रतिकृया