• २६ भदौ २०८३, शुक्रबार
  • १२ः३४ राती

बायोग्यास कारखानामा आगलागी

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार १२:००

काठमाडौँ  :  झापाको एक बायोग्यास कारखानामा आगलागी भएको छ । मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

National Life

 

कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अहिले आगो नियन्त्रणमा लिनको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेको भएपनि नियन्त्रणमा आउन सकेको छैन । आगो सोमबार बिहानै ३ बजेदेखि लागेको हो । विद्युत सर्ट भएर लागेको आगो निभाउनको लागि पथरी, उर्लाबारी, भद्रपुर, मेचीनगर, बिर्तामोड र दमकबाट दमकल पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

आगलागीबाट मानवीय क्षति नभए पनि फ्याक्ट्रीभित्र कोइला उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधनसमेत रहेकाले ती कति नष्ट भए , कति क्षति भयो भन्नेबारे तथ्यांक आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया