• ४ साउन २०८३, सोमबार
  • ६:४७ बेलुका

चम्कियो सेयर बजार, २५ अंकको वृद्धि

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार ०४:२०

काठमाडौं:  नेप्से परिसूचक २५.८२ अंकले वृद्धि भएको छ । बजार १ प्रतिशतले बढेको हो । यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ । यस दिन होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा वृद्धि छ ।

 

Kamana Sewa

८ लाख १८ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको हो । ट्रेडिङ, हाइड्रोपावर र अन्य समूहहरु बढी चम्किएका छन । ३ कम्पनीको भाउ बढेर सर्किट लागेको छ । सिंगटी हाइड्रो इनर्जीको सेयर सर्किट लाग्ने गरी बढेको हो । यसको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । दोस्रो महिला लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।

Classic Tech Desktop

खरिदबिक्री रकममा ३० करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा छ । दोस्रोमा शिवम् र तेस्रोमा हिमालय पावर पार्टनर परेका छन ।

प्रतिकृया